ज्योति विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२४ पुष २०७९, आईतवार

ज्योति विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । ज्योति विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस २२ गते शुक्रबार बसेको संचालक समितिको बैठकले यस वर्ष आफ्ना सेयरधनीलाई ६.८० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीका ३ प्रतिशत बोनस सेयर र कर सहित ३.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सो प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्