आर्थिक सर्वेक्षण: ‘बैंकिङ्ग प्रणालीको तरलतामा उल्लेख्य सुधार भयो, ब्याजदर पनि घट्दो क्रममा छ’ « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

आर्थिक सर्वेक्षण: ‘बैंकिङ्ग प्रणालीको तरलतामा उल्लेख्य सुधार भयो, ब्याजदर पनि घट्दो क्रममा छ’



काठमाडौं । बैंकिङ्ग प्रणालीको तरलतामा उल्लेख्य सुधार भएको छ । आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवदनअनुसार पछिल्ला महिनाहरुमा बैंकिङ्ग प्रणालीको तरलतामा उल्लेख्य सुधार भएको बताइएको छ । यस्तै, ब्याजदर पनि घट्ने क्रममा रहेको सर्वेक्षणमा उल्लेख छ ।

पछिल्लो समय नेपालको बैंकिङ्ग प्रणालीमा तरलता र लगानीयोग्य साधनमा कमी आई ब्याजदर बढेको थियो । कोभिड–१९ को असरबाट अर्थतन्त्र क्रमिक रुपमा पुनरुत्थान हुँदै गएको अवस्थमा रुस–युक्रेन युद्धको असर र आयात तिव्र वृद्धि हुदाँ बैंकिङ्ग प्रणालीमा तरलता तथा लगानीयोग्य साधनमा कमी आएको थियो । जसले ब्याजदर पनि बढेको थियो ।

सर्वेक्षण प्रतिवेदनमा वित्तीय पहुँच निरन्तर बढ्दै गएको जनाइएको छ । पछिल्ला वर्षहरुमा मर्जर तथा प्राप्तिमार्फत बैंक तथा वित्तीय संस्थाको संख्या घट्दै गएता पनि शाखा विस्तार र वित्तीय पहुँच भने बढ्दै गएको छ । सो अविधमा डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गर्ने प्रवृत्ति पनि बढ्दै गएको बताइएको छ ।

क्यूआर कोडमार्फत गरिने भुक्तानीमा पनि उल्लेख्य वृद्धि भएको छ । विद्युतीय भुक्तानीका अन्य उपकरणहरु मार्फत हुने कारोबारमा पनि बढोत्तरी देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्