राष्ट्र बैंकले किन गर्यो ३ बैंकलाई कारवाही ? « Arthapath.com
२२ श्रावण २०८०, सोमबार

राष्ट्र बैंकले किन गर्यो ३ बैंकलाई कारवाही ?



काठमाडौं । तीन वटा वाणिज्य बैंकहरु नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका छन् । केन्द्रीय बैंकले हिमालयन, कुमारी र प्राइम कमर्सियल बैंकलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकले जारी गरेका निर्देशनहरु उल्लंघन गरेपछि यी तीन बैंकलाई जरिवानासहित कारबाही गरेको हो । गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासमा कर्जा निक्षेप अनुपात नपुर्याएको र पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको भन्दै हिमालयन, कुमारी र प्राइम बैंक राष्ट्र बैंकको कारवाहीमा परेका हुन् ।

केन्द्रीय बैंकले कुमारी र हिमालयन बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै क्रमश: ५९ लाख रुपैयाँ १ करोड ३९ लाख रुपैयाँ जरीवाना गराएको छ ।

यता, पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको भन्दै प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई समेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्