बढ्यो चालु पुँजी कर्जाको सीमा, अब कारोबारको ४० प्रतिशतसम्म कर्जा लिन पाइने « Arthapath.com
११ भाद्र २०८०, सोमबार

बढ्यो चालु पुँजी कर्जाको सीमा, अब कारोबारको ४० प्रतिशतसम्म कर्जा लिन पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जाको सीमा बढाएको छ । अब कारोबारको ४० प्रतिशतसम्म चालु पुँजी कर्जा लिन सकिने भएको छ ।

राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शन २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि २५ प्रतिशतसम्म चालु पुँजी कर्जा लिन पाउने व्यवस्था रहेको थियो । तर, केन्द्रीय बैंकले यसलाई बढाएर ४० प्रतिशत पुर्याएको हो ।

संशोधित व्यवस्थामा भनिएको छ,–‘इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कन्भर्सन साइकल, डेज सेल्स आउट स्टयाण्डीङ, इन्भेन्टरी कन्भर्जन पिरियड, लिड टाइम र एकाउन्ट्स पेईबल पिरियडको विश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन् । ’

यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ । कर्जा सीमा नवीकरणयोग्य हुने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्