रेमिट्यान्समा ऐतिहासिक रेकर्ड, साउन महिनामा मात्र भित्रियो १ खर्ब १६ अर्ब « Arthapath.com
३१ भाद्र २०८०, आईतवार

रेमिट्यान्समा ऐतिहासिक रेकर्ड, साउन महिनामा मात्र भित्रियो १ खर्ब १६ अर्ब



काठमाडौं । साउन महिनामा हालसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरणअनुसार साउन महिनामा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

विदेशमा रहेका नेपालीले एकै महिनामा पठाएको विप्रेषण आकारले साउनमा रेकर्ड राखेको हो । गत असारमा १ खर्ब ८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५।८ प्रतिशतले र अमेरिकी डलरमा २१।५ प्रतिशतले बढेको छ । विदेशी मुद्राको सञ्चिति २५।७९ प्रतिशतले बढेर चालू आर्थिक वर्षको साउन मसान्तमा ११ अर्ब ८५ करोड डलर पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्