मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२३ कार्तिक २०८०, बिहीबार

मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस र ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिएको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभा पारित भए पश्चात मात्र वितरण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्