३० प्रतिशतले बढ्यो रेमिट्यान्स, तीन महिनामा साढे ३ खर्ब भित्रियो « Arthapath.com
२४ कार्तिक २०८०, शुक्रबार

३० प्रतिशतले बढ्यो रेमिट्यान्स, तीन महिनामा साढे ३ खर्ब भित्रियो



काठमाडौं । नेपाल भित्रन विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ असोज मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । तीन महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्