मिर्मिरे लघुवित्तको वित्तीय अवस्था खस्किएको हो ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । कम्पनीको नाफामा ४१.४८ प्रतिशत गिरावट आएको हो । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनीले गत आवको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीको नाफा ३ करोड ४० लाख रुपैयाँमा झरेको छ ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दाी र संचालन नाफामा पनि गिरावट आएको छ, जसले नाफा प्रभावित बनेको हो ।
समिक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी २५.८४ प्रतिशतले घटेर १७ करोड ८५ लाख ५५ हजार रुपैयाँ र संचालन नाफा पनि ४१.४८ प्रतिशतले घटेर ४ करोड ८५ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको वितरणयोग्य नाफा पनि १ करोड ९८ लाख रुपैयाँमा झरेको छ । गत वर्षको पुस मसान्तसम्ममा भने यस्तो नाफा कम्पनीसँग ४ करोड २० लाख बढी थियो ।
कम्पनीको चुक्ता पुँजी ६६ करोड ५७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४२करोड ८८ लाख रुपैयाँ पुर्याएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ५७ पैसाले घटेर १० रुपैयाँ २२ पैसा कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ४१ पैसा कायम भएको छ ।