राष्ट्र बैंकको कारबाहीमा किन परे आधा दर्जन सिइओ र संचालकहरु ? « Arthapath.com
२ फाल्गुन २०८०, बुधबार

राष्ट्र बैंकको कारबाहीमा किन परे आधा दर्जन सिइओ र संचालकहरु ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा विकास बैंक र वित्त कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई कारवाही गरेको छ ।

केन्द्रिय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा विकास बैंक र वित्त कम्पनी तथा ती संस्थाका अध्यक्ष, संचालक र सिइओलाई कारबाही गरेको हो । उनीहरुले नियामक निकायबाट निर्देशित नियमन उल्लंघन गरे बापत चालु आवको दोस्रो त्रैमासमा कारबाहीमा परेका हुन् ।

राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकका संचालक समिति, संचालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गरेको हो ।

यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकका संचालक समिति र प्रमुख कार्यकारी अधिकृत, नारायणी डेभलपमेन्ट, प्रोग्रेसिभ फाइनान्सको संचालक समिति र सिईओ, गुडविल फाइनान्सका संचालक समिति र सिइओलाई राष्ट्र बैंकले कारवाही गरेको हो । त्यसैगरि गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सिइओ पनि कारवाहीमा परेका हुन् ।

यी हुन् राष्ट्र बैंकको कारबाहीमा परेका विकास बैंक तथा वित्त कम्पनी, संचालक तथा सिइओहरु

Enforcement-Action-FY-2080.81-Second-Quarter


प्रतिक्रिया दिनुहोस्