डिप्रोक्स लघुवित्तले १०.५२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? « Arthapath.com
३ फाल्गुन २०८०, बिहीबार

डिप्रोक्स लघुवित्तले १०.५२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई १०.५२६३२ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको फागुन ३ गते बिहीबार बिहान ८ बजे बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

यो वर्ष कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३२ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्