विदेशी मुद्राको सञ्चिति हालसम्मकै धेरै: १३ अर्ब ८९ करोड डलर सञ्चित, राष्ट्र बैंकको ढुकुटीमा कति छ ? « Arthapath.com
२७ फाल्गुन २०८०, आईतवार

विदेशी मुद्राको सञ्चिति हालसम्मकै धेरै: १३ अर्ब ८९ करोड डलर सञ्चित, राष्ट्र बैंकको ढुकुटीमा कति छ ?



काठमाडौं । नेपालसँग १४ एक वर्षको बस्तु तथा सेवा आयात धान्न पुग्ने गरि विदेशी मुद्रा जम्मा भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बिषयक कात्तिक महिनाको प्रतिवेदनले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्ममा नेपालसँग साढे १८ खर्ब विदेशी मुद्रा सञ्चिति छ । विदेशी मुद्राको सञ्चिति हालसम्मकै धेरै हो । समिक्षा अवधिमा नेपालसँग १८ खर्ब ४४ करोड ९४ करोड रुपैयाँ छ । जुन गत असार मसान्तसम्मको तुलनामा भने १९.९ प्रतिशत बढीहो । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबरको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । यो अमेरिकी डलरमा भने ११ अर्ब ७१ करोड थियो । तर, माघ मसान्तसम्म आइपुग्दा भने १८.६ प्रतिशत वृद्धि भई १३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति पनि सात महिनामा २०.७ प्रतिशत बढेको छ । गत असार मसान्तमा राष्ट्र बैंकसँग १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । तर, गत माघ मसान्तमा भने बढेर १६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति पनि १४.२ प्रतिशत वृद्धि भएको छ । गत असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । तर, गत माघ मसान्तसम्म आइपुग्दा भने बढर २ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कायम भएको छ ।

माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ । चालु आव २०८०/८१ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमश: ३४.३ प्रतिशत, १०२.४ प्रतिशत र २८.० प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमश: २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्