खुम्चिँदो आयात र निर्यात, साढे १० खर्ब नाघ्यो नेपालको वैदेशिक व्यापार घाटा « Arthapath.com
९ बैशाख २०८१, आईतवार

खुम्चिँदो आयात र निर्यात, साढे १० खर्ब नाघ्यो नेपालको वैदेशिक व्यापार घाटा



काठमाडौं । नेपालको वैदेशिक व्यापारमा संकुचन नै देखिएको छ । आयात र निर्यातको व्यापारमा अझै सुधार आउन सकिरहेको छैन ।

भन्सार विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । ९ महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ बराबरको आयात भएको छ । तर, यो गत आवको सोही अवधिको तुलनामा भने २.८४ प्रतिशत कमी हो । गत आवको ९ महिनाको अवधिमा भने कुल १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको थियो ।

आयातसँगै निर्यातको व्यापारमा पनि कमी नै देखिएको छ । समिक्षा अवधिमा निर्यात ३.६६ प्रतिशत घटेको छ । चैत मसान्तसम्ममा नेपालले कुल १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । तर, गत आवको सोही अवधिमा भने कुल १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

समिक्षा अवधिमा नेपालले कुल १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । तर, आयात भन्दा निर्यात हुँदा नेपालको वैदेशिक व्यापार घाटा भने १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ कायम भएको छ । यद्यपि, गत आवको सोही अवधिको तुलनामा भने २.९२ प्रतिशत कमी हो ।


प्रतिक्रिया दिनुहोस्