प्रगति पथमा लघुवित्त: ५३ प्रतिशत बढाए नाफा, खराब कर्जाले थलिएका कम्पनीहरुको फेरिँदो वित्तीय चित्र « Arthapath.com
७ भाद्र २०८१, शुक्रबार

प्रगति पथमा लघुवित्त: ५३ प्रतिशत बढाए नाफा, खराब कर्जाले थलिएका कम्पनीहरुको फेरिँदो वित्तीय चित्र



कसको वित्तीय प्रगति कस्तो ?

काठमाडौं । आर्थिक शिथिलताले ठुलो मारमा परेका लघुवित्त कम्पनीहरुको वित्तीय अवस्था विस्तारै सुधारिँदै आएको छ ।चुलिदो खराब कर्जाबाट ग्रसित लघुवित्त कम्पनीहरु विस्तारै सकरात्मक प्रगतितर्फ लम्किएका छन् ।

हाल कम्पनीहरुको नाफा, ब्याज आम्दानी लगायतका मुख्य वित्तीय सूचकहरु सकरात्मक रुपमा बढेका छन् । गत आर्थिक वर्षमा कम्पनीहरुको खुद नाफामा व्यापाक मात्रामा सुधार देखिएको छ ।

कम्पनीहरुको नाफा साढे ५३ प्रतिशत वृद्धि भएको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५० वटा लघुवित्त सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा ती कम्पनीहरुले ७ अर्ब ८८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आव २०७९-८० आवमा पनि ५ अर्ब १३ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका थिए ।

गत आवमा अधिकांश कम्पनीहरुले मुख्य सूचकहरुमा उल्लेख्य सुधार गरेका छन् । आर्थिक शिथिलताका कारण गत वर्षहरुमा कम्पनीहरुको खराब कर्जा बढ्दो क्रममा थियो । कर्जाको सावा तथा ब्याज नउठ्दा कम्पनीहरु मारमा परेका थिए । बद्दो खराब कर्जाका कारण कम्पनीहरुको नाफा समेत नमज्जाले प्रभावित भएको थियो । अधिकांश कम्पनीहरु नाफा घटेको थियो भने धेरै कम्पनी नोक्सानीमा चलिरहेका थिए । तर, पछिल्ला समय भने विस्तारै आर्थिक गतिविधि पनि बढ्न थालेको छ ।

यता, नियामकीय निकायले पनि विभिन्न चरणमा नीतिगत सहजीकरण गरिदिएकाले पनि कम्पनीहरुको मुख्य सूचकहरुमा सकरात्मक प्रभाव देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले केही नीतिगत व्यवस्थाका कारण पनि कम्पनीहरुको वित्तीय चित्र सकात्मक रहेको हो । केन्द्रिय बैंकले लघुवित्तबाट ऋण लिएर ब्याज र किस्ता बुझाउन नसकेका ऋणाीहरुलाई सुहलियत पूर्ण व्यवस्था गरिदिएको छ । ऋण तिर्न नसेका ऋणीलाई कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने लगायतका नीतिगत सहजीकरणले पनि लघुवित्तको अवस्था सकरात्मक रुपमा फेरिदो छ।

कम्पनीहरुको ब्याज असुली पनि बढेको छ। अघिल्लो आवमा कम्पनीहरुले २३ अर्ब ३३ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । तर, गत आवमा आइपुग्दा भने १३.४९ प्रतिशत बढेर यस्तो आम्दानी २६ अर्ब ४८क रोड ८ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, अधिकांश कम्पनीहरुको खराब कर्जा पनि नियन्त्रण भएको देखिन्छ । अघिल्लो आवमा औसत खराब कर्जा ६.१५ प्रतिशत रहेको थियो । तर, गत आवमा आइपुग्दा भने कम्पनीहरुको यस्तो कर्जा ५.५३ प्रतिशतमा झरेको छ । यसरी ब्याज आम्दानी वृद्धि र खराब कर्जामा आएको नियन्त्रणले पनि कम्पनीहरुको नाफामा उल्लेख्य सुधार आएको छ । यता, कम्पनीहरुको औसत प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ हाराहारीमा वृद्धि भई १७ रुपैयाँ १९ पैसा कायम भएको छ।

गत आवमा सर्वाधिक नाफा छिमेक लघुवित्तले कमाएको छ। कम्पनीले एकै वर्ष १ अर्ब ९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यद्यपि, अघिल्लो आवको तुलनामा भने ६.७४ प्रतिशत कमी हो ।

दोस्रो धेरै नाफा साना किसान विकास लघुवित्तले ९४ करोड ५६ लाख रुपैयाँ कमाएको छ । यता, स्वालम्बन लघुवित्तले पनि ८३ करोड ८२ लाख , जीवन विकासले ५८ करोड २२ लाख, डिप्रोक्सले ५८ करोड १६ लाख र निर्धन उत्थान लघुवित्तले ५० करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

अघिल्लो आवको तुलनामा गुराँस लघुवित्तको नाफा १४४९.१ प्रतिशत, सम्पदाको ७३५.४ प्रतिशत, नेरुडेको ६७२.०४, इन्फिनितीले ६०१.९३, मातृभूमि ५८७.६२, महिला लघुवित्तको ५३१.०२, मेरो माइक्रोफाइनान्स ३६२.५९, डिप्रोक्स लघुवित्तको ३२५.९४, स्वालम्वनको २११.७३, निर्धन उत्थानको १९७.९९, सूर्योदय वोमीको १७०.६६, स्वाभिमानको १४८.४१ र कालिका लघुवित्तको १३४.०३ प्रतिशत वृद्धि भएको छ ।

यस्तै, अघिल्लो आवमा नोक्सानी व्यहोरेका ग्रामिण विकास लघुवित्त, आशा लघुवित्त, आरम्भ चौतारी, मानुषी, श्रीजनशील, उन्नती सहकार्य, नाडेप लगायतका कम्पनीहरुको नाफामा व्यापाक सुधार भएको छ । हाल उनीहरुको नाफा धनात्मक छ ।

कुन सूचकमा कसको प्रगति कस्तो ? रकम हजारमा

स्रोतः सम्वन्धित कम्पनीहरुले प्रकाशन गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण


प्रतिक्रिया दिनुहोस्