स्वावलम्बन लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको असोज १२ गते शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।