फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले १४ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? « Arthapath.com
१६ आश्विन २०८१, बुधबार

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले १४ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्षका लागि १४ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने भएको हो ।

अब उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्