गार्डियन माइक्रो लाइफको आइपीओ बाँडफाँट: तपाईलाई पर्यो त ? यसरी हेर्न सकिन्छ नतिजा

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपिओ आज अर्थात् माघ ६ गते बिहान बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार कम्पनीको आइपीओ १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् ।
कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
आईपीओमा १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ताका लागि आवेदन दिएका थिए । कुल आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ । तर, ८ हजार ४५२ आवेदन रद्द भएको छ।
आइपीओ नतिजा भने केही समयमै सीडीएससीको वेवसाइट https://iporesult.cdsc.com.np/ , मेरो सेयरको वेवसाइट र धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको https://kumaricapital.com/ वेबसाइट मा हेर्न सकिन्छ।