नेपालको वैदेशिक व्यापार : नेपालका कुन-कुन भन्सार नाका मार्फत कति आयात, कति निर्यात ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामै नेपालले ८ खर्ब बढी वैदेशिक व्यापार गरेको छ । विश्वभरका १५७ बढी मुलुकसँग नेपाल वैदेशिक व्यापार गर्दै आएको छ ।
नेपालको वैदेशिक व्यापारका लागि हाल २८ वटा भन्सार नाका संचालनमा छन् । ती भन्सार नाका मार्फत पुस मसान्तसम्ममा कुल ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरको आयात भएको छ । समिक्षा अवधिमा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ ।
वैदेशिक व्यापारका लागि विभिन्न भन्सार नाकाहरु संचालनमा रहेता पनि केही कार्यालय मार्फत पनि शून्य निर्यात भएका छन् । समिक्षा अवधिमा १५ वटा भन्सार नाकाबाट कुनै पनि माल वस्तु निर्यात हुन नसकेको हो ।
त्रिवेणी भन्सार नाका, थादी, गौतम बुद्ध अन्र्राष्ट्रिय एयरपोर्ट, राजविराज, महेश्पुर, सती, चोभार, जनकपु, सुनसरी, तातापानी, सिराह, भद्रपुर, कञ्चनपुर, लगायतका १५ वटा कार्यालय मार्फत कुनै पनि निर्यात भएको छैन । हाल ती नाकाहरुबाट आयात मात्रै हुने गरेको छ ।
विभागका अनुसार निर्यातमा सबैभन्दा ठुलो योगदान राजविराज भन्सार नाकाको छ । सो कार्यालय मार्फत चालु आवको ६ महिनामा २९ अर्ब २७ करोड ५३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । कुल निर्यातमा यस नाकाको हिस्सा २९.६३ प्रतिशत हुन आउँछ । यद्यपि, आयातमा पनि सोही कार्यालय सर्वाधिक हिस्सा छ । यो भन्सार नाका मार्फत नेपालले २ खर्ब ७५ अर्ब ७० करोड ७५ लाख रुपैयाँ बराबरको आयात गरेको छ । यो कुल आयातको ३३.५३ प्रतिशत हो ।
यस्तै, निर्यातमा विराटनगर भन्सार कार्यालयको योगदान २२.७५ प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १७.६५ प्रतिशत र मेची कार्यालयको १४.०१ प्रतिशत छ । समिक्षा अवधिमा यी कार्यालयहरु मार्फत क्रमशः२२ अर्ब ४७ करोड ३९ लाख, १७ अर्ब ४३ करोड ७१ लाख र १३ अर्ब ८३ करोड ९५ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएका छन् ।
आयातमा विरगञ्जपछि भैरहवा नाकाको धेरै योगदान छ । चालु आवको ६ महिनामा कार्यालय मार्फत नेपालले १ खर्ब २३ अर्ब ९५ करोड ७३ लाख रुपैयाँ बराबरको आयात गरेका छन् । कुल कुल आयातको १५.०७ प्रतिशत हुन आउँछ । यस्तै, ड्राइपोर्ट भन्सार कार्यालय मार्फत पनि १ खर्ब ३ अर्ब ८८ करोड ६० लाख रुपैयाँ बरारबको आयात भएको छ । यता, विराटनगर कार्यालय मार्फत ८९ अर्ब ४१ करोड ८१ लाख र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि ६८ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ बराबरको आयात भएका छन् ।
समिक्षा अवधिमा कुल आयातमा रसुवा भन्सार नाकाको योगदान ४.२९ प्रतिशत, नेपालगञ्जको ४.२९ प्रतिशत, तातोपानीको ३.०५ प्रतिशत, मेचीको २.७७ प्रतिशत, कैलालीको १.३४ र कृष्णनगरको १.३४ प्रतिशत आयात भएको छ ।
कुन भन्सार नाका मार्फत कति आयात, कति निर्यात ? (रकम हजारमा)
