पोखरा र समृद्धि फाइनान्सको मर्जरको अन्तिम चरणमा  « Arthapath.com
३ श्रावण २०८३, आइतबार

पोखरा र समृद्धि फाइनान्सको मर्जरको अन्तिम चरणमा 



काठमाडौं । समृद्धि फाइनान्स र पोखरा फाइनान्सको मर्जर अन्तिम चरणमा पुगेको छ । 

समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष घिमिरेका अनुसार मर्जर अन्तिम चरणमा पुगेको हो । एक साता भित्रमा मर्जरको प्रक्रिया पुरा गर्नेगरि तयारी भैरहेको घिमिरे बताउँछन् ।

‘अहिले हाम्रो मर्जरको प्रक्रिया अन्तिम चरणमा पुगेको छ’, सिइओले अर्थ पथसँग भने, ‘अबको केही दिन भित्र हामी मर्जर गछौँ ।’

दुवै कम्पनीबिच मर्जरका लागि गत साउन ४ गते समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी १:१ को शेयर अनुपात निर्धारण गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्