एसआईपी लगानीमा नबिलको नयाँ मानकः अफिस धाउने र किस्ता तिर्ने झन्झट अन्त्य गर्ने ‘स्केजुल पेमेन्ट’ के हो ?
काठमाडौं । मोबाइलको लक खोल्यो, बैंकिङ एप ट्याप गर्यो, बिजुलीको बिल तिर्यो, अनलाइन सपिङको पैसा पठायो, रेस्टुरेन्टको क्युआर स्क्यान गर्यो वा मोबाइल टपअप गर्यो। अहिलेसम्म आम उपभोक्ताका लागि मोबाइल बैंकिङ एपको परिभाषा यत्तिमै सीमित थियो, जसले गोजीको पैसा सिध्याउने वा खर्च गराउने काम मात्र गर्थ्याे।
तर अब एन बैंकले तपाईँलाई पैसा खर्च गर्ने मात्र होइन भविष्यका लागि करोडपति बन्ने बाटो देखाउन सक्छ ! खर्च मात्र गराउने मोबाइल स्क्रिन अब तपाईँको सम्पत्ति बढाउने डिजिटल इन्जिन बन्न सक्छ । हो, नबिल बैंकले आफ्नो बैंकिङ एप ‘एनबैंक’ मार्फत नेपाली वित्तीय बजारमा एउटा यस्तै क्रान्तिकारी डिजिटल छलाङ मारेको छ, जसले डिजिटल बैंकिङलाई खर्च गर्ने माध्यमबाट लगानी गर्ने प्लेटफर्ममा रूपान्तरण गरिदिएको छ।
बैंकले भर्खरै आफ्नो एपमा एकीकृत लगानी सेवा थप गर्दै आम नागरिकलाई बिनाकुनै झन्झट, मोबाइलकै स्क्रिनबाट सामुहिक लगानी कोष अन्तर्गतको सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) मार्फत सिधै सेयर बजार मा जोडिने ढोका खोलिदिएको छ।
के हो एसआईपी, किन गर्ने लगानी?
सेयर बजार र म्युचुअल फन्डको नाम सुन्नेबित्तिकै धेरै सर्वसाधारण ‘यो त जान्ने–बुझ्ने र धेरै पैसा हुनेहरुका लागि मात्र हो’ भनेर पछि हट्छन्। बजार सधैँ तलमाथि भइरहन्छ, कुन सेयर कहिले किन्ने र कहिले बेच्ने भन्ने प्राविधिक ज्ञान नहुँदा ठूलो लगानीकर्ताहरु लगानी गर्न डराउँछन्। यही अलमल र डरको सर्वोत्कृष्ट समाधान हो, एसआईपी ।
सजिलो भाषामा भन्नु पर्दा एसआईपी भनेको खुत्रुके बचतको आधुनिक र डिजिटल रूप हो। यसमा तपाईँले एकैपटक ठूलो रकम लगानी गर्नु पर्दैन। हरेक महिना वा निश्चित अन्तरालमा आफ्नो कमाइबाट सानो हिस्सा कम्तिमा रु. १००० वा सो भन्दा बढी नियमित रूपमा म्युचुअल फन्डको युनिटहरुमा लगानी गर्ने विधि नै एसआईपी हो ।
यसको सबैभन्दा ठूलो विशेषता भनेको सबैभन्दा पहिला फजुल खर्चहरु कटौंती गरी आफ्नो आर्थिक भविष्यको लागि लगानी गर्ने स्वभाव बनाउँदछ भने निश्चित समयको अन्तरालमा लगानी गर्ने भएकोले शेयर बजारको उतारचढाबबाट यसले औसल लागत मुल्यलाई घटाउँदै घटाउँदै जान्छ ।
साथै प्रत्येक वर्ष योजनाले प्रदान गर्ने मुनाफालाई पनि पुनः लगानी गर्न सकिने भएको कारण यसमा मिश्रित लाभ ‘कम्पाउन्डिङको जादु’ पनि प्राप्त गर्न सकिन्छ ।
खुद सम्पत्ति मुल्यको आधारमा युनिटहरु खरिद बिक्री हुने भएकोले जब बजार घट्छ, तपाईँको सानो रकमले सस्तोमा युनिटहरु प्राप्त गरी धेरै युनिटहरू प्राप्त गर्न सक्नुहुनेछ भने जब बजार बढ्छ, तपाईँले किनेका ती युनिटको मूल्य पनि स्वतहः बढ्ने हुन्छ । फलस्वरूप बजारको उतार चढावबाट हुने जोखिम आफैँ न्यूनीकरण हुन जानेछ ।
आफ्नो बालकालिकाको उच्च शिक्षा, विवाह, वा आफ्नै अवकाशपछिको आर्थिक रुपमा सुरक्षित जीवनका लागि लामो समयसम्म गरिने सानो–सानो एसआईपी लगानीले भविष्यमा ठूलो र लोभलाग्दो कोष (सम्पत्ति) निर्माण गरिदिने सम्भावना रहन्छ।
नबिलको एउटै ‘एमओयू’ जसले पुरानो सास्ती बदलिदियो
लगानीको यो मन्त्र जति आकर्षक सुनिए पनि हिजोका दिनमा यसको प्रक्रिया उत्तिकै झन्झटिलो र विरक्तलाग्दो थियो।
धेरैलाई एसआईपी गर्नुपर्छ भन्ने थाहा थियो, तर कसरी गर्ने भन्ने भेउ पाउँदैनथे। सबैभन्दा ठूलो प्राविधिक जटिलता त के थियो भने, व्यावसायिक बैंकहरूले सिधै एसआईपी गराउन मिल्दैनथ्यो। यसका लागि बैंकका सहायक कम्पनीहरू अर्थात् मर्चेन्ट बैंकरहरु (धितोपत्र व्यवसायी) कहाँ पुग्नुपर्थ्याे।
यदि कसैलाई नबिल म्युच्युअल फण्डको एसआईपीमा जोडिन मन लागेमा उसले नबिल बैंक गएर हुँदैनथ्यो; नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको वेबसाइट खोज्नुपथ्र्यो वा उसको कार्यालयमै धाउनुपथ्र्यो। त्यहाँ अनलाइन वा भौतिक रूपमा लामो डिजिटल फर्म भर्नुपर्ने, डिम्याट खाताको १६ अङ्कको बिओ आईडी नम्बरहरू रुजु गराउनुपर्ने र दर्ता प्रक्रिया पूरा गर्नै लामो समय पर्खिनुपर्ने बाध्यता थियो।
दर्ता भइसकेपछि पनि सास्ती सकिँदैनथ्यो। हरेक महिना किस्ताबापतको रकम बुझाउन फेरि अर्को महाभारत हुन्थ्यो। लगानीकर्ताले मर्चेन्ट बैंकरकै वेबसाइटमा लगइन गर्नुपर्ने, आफ्नो विस्तृत बिवरणहरु पुनः प्रविष्ट गर्नुपर्ने र तेस्रो पक्षका वालेटहरू (जस्तै ईसेवा, खल्ती) वा कनेक्ट आईपीएसको गेटवे खोज्दै डिजिटल पेमेन्ट गर्नुपर्थ्याे ।
प्राविधिक ज्ञान कम भएका, कार्यव्यस्ततामा अल्झिएका वा बैंक र डिजिटल प्रणालीमा भर्खरै अभ्यस्त हुँदै गरेका आम नागरिक वा लगानीकर्ताहरुका लागि यो प्रक्रिया एउटा अभेद्य किल्ला जस्तै थियो । परिणामस्वरुप, अलिअलि पैसा भएर पनि रहर हुँदाहुँदै एउटा ठूलो जमात प्रक्रियाकै झन्झटले गर्दा लगानीको संसारबाट बाहिरै रहन बाध्य थियो। कतिपयले त सुरु गरेर पनि हरेक महिना किस्ता तिर्ने झन्झट सम्झेर बीचैमा लगानी गर्न छोडिदिएका उदाहरणहरु प्रसस्तै थिए ।
यही गम्भीर समस्या र उपभोक्ताको असुविधालाई नबिल बैंकले नजिकैबाट नियाँलीरहेको थियो । स्थापनाको पहिलो दिनदेखि नै देशको पहिलो कम्युटराइज्ड बैंकको रूपमा प्रविधिको नेतृत्व गरेको नबिलले यसपटक बैंकिङ र लगानीको दूरीलाई शून्यमा झार्ने निर्णय ग¥यो।
बैंकले भर्खरै आफ्नै सहायक कम्पनी ‘नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड’ सँग एउटा रणनीतिक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेको छ । यो सम्झौतासँगै वर्षौँदेखिको झन्झटिलो प्रणाली एकाएक सरल, सहज र प्रभावकारी बनेको छ ।
बैंकले नबिल इन्भेस्टमेन्टको सिङ्गो प्रणालीलाई आफ्नो लोकप्रिय डिजिटल बैंकिङ एप ‘एनबैंक’ भित्रै एकीकृत गरिदियो । यसको सिधा अर्थ हो, अब एसआईपी गर्नका लागि नबिल इन्भेस्टमेन्टको ढोका ढकढक्याउनु वा उनीहरूको छुट्टै वेबसाइट खोज्दै भौंतारिनु पर्दैन। नबिल बैंकको खाता र मोबाइल एप भएका जुनसुकै नागरिकले अब एक ट्यापको भरमा लगानी गर्न सक्छन्।
एनबैंक एपको जादुः कसरी गर्ने त मोबाइलबाटै एसआईपी ?
यो नयाँ सुविधा थपिएसँगै नबिलको एनबैंक एप अब केवल एउटा बैंक अकाउन्ट हेर्ने माध्यम मात्र रहेन, यो तपाईँको व्यक्तिगत डिजिटल इन्भेस्टमेन्ट म्यानेजर बनेको छ।
एनबैंक एप प्रयोगकर्ताले एप लगइन गर्नासाथ होमपेजमै एउटा विशेष नयाँ आइकन देख्न सक्छन् ‘इन्भेस्टमेन्ट, एसआईपी, टीएमएस’। तपाईँको डिम्याट खाता छ र लगानी सुरु गर्न चाहनुहुन्छ भने यसभित्र पसेर अत्यन्तै सरल डिजिटल फर्म भरेर क्षणभरमै एसआईपी दर्ता गर्न सक्नुहुन्छ। कतै धाउनु पर्दैन, कुनै अतिरिक्त कागजी प्रमाणको लफडा हुँदैन।
यदि तपाईँले पहिले नै एसआईपी दर्ता गरिसक्नुभएको छ भने त्यहाँ रहेको ‘एसआईपी भुक्तानी’ सेवामा क्लिक गरी आफ्नो मासिक वा त्रैमासिक किस्ता सेकेन्डभरमा चुक्ता गर्न सक्नुहुन्छ भने प्रत्यये किस्ता भुक्तानीका लागि स्थायी निर्देशन प्रदान गर्न सकिन्छ।
यसको सबैभन्दा आकर्षक कुरा, एनबैंकमार्फत यो आधुनिक लगानी सेवा प्रयोग गर्दा ग्राहकले एक रुपैयाँ पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन। यो पूर्ण रूपमा निःशुल्क र पारदर्शी छ।
‘स्केजुल पेमेन्ट’: बिर्सिने रोगबाट मुक्ति
कतिपय लगानीकर्ताको गुनासो हुन्छ, मलाई एसआईपी त गर्न मन छ, तर हरेक महिना फलानो तारिखमा पैसा तिर्नुपर्छ भन्ने कुरा कामको धपेडीले गर्दा बिर्सिहाल्छु। जसका कारण लगानी छुट्छ र बजारको उतारचढावको फाईदा लिन सक्दिन ।
नबिल बैंकले यो व्यावहारिक समस्याको पनि समाधान ल्याएको छ, जुन हो ‘स्केजुल पेमेन्ट’ अर्थात् अटो–डेबिट (स्वतह भुक्तानी) सुविधा।
हो, यो सुविधा अन्तर्गत ग्राहकले एपमा आफ्नो एसआईपीको किस्ता र मिति (जस्तैः हरेक महिनाको १५ तारिख) सेट गरेर छाडिदिन सक्छन्। त्यसपछि तपाईँले कुन महिना कति बेला पैसा पठाउने भनेर दिमाग खियाइरहनु वा क्यालेन्डरमा चिह्न लगाइरहनु पर्दैन।
यदि तपाईको खातामा रकम भएको अवस्थामा तोकिएको दिनमा एनबैंक एपले तपाईँको खाताबाट आफैँ तोकिएको रकम काटेर एसआईपी फन्डमा जम्मा गरिदिन्छ। तपाईँ सुतिरहे पनि, घुमिरहे पनि वा काममा व्यस्त भए पनि तपाईँको लगानी कत्ति पनि नछुटि निरन्तर अगाडि बढिरहन्छ। यसले मानिसहरूमा एक प्रकारको वित्तीय अनुशासन समेत कायम गराउँछ।
एउटा खुला प्लेफर्म
नबिल बैंकको यो क्रान्तिकारी कदमको अर्को एउटा बलियो र सह्रानीय पक्ष छ। यो सेवा केवल नबिल इन्भेस्टमेन्टको एसआईपी योजनामा मात्र सीमित छैन। बैंकले यसलाई एउटा खुला र एकीकृत ‘पेमेन्ट गेटवे’ को रूपमा विकास गरेको छ।
यदि तपाईँले नबिल इन्भेस्टमेन्टको नभएर बजारमा रहेका अन्य कुनै मर्चेन्ट बैंकर वा ब्रोकरहरूकोमा एसआईपी वा टीएमएस सेवा लिइरहनुभएको छ भने पनि भुक्तानीका लागि एनबैंक प्रयोग गर्न सकिन्छ।
एपको ड्रपडाउन मेनुमा गएर आफूले लगानी गरिरहेको क्यापिटल वा ब्रोकर अकाउन्ट सेलेक्ट गरी, आफ्नो क्लाइन्ट आईडी राखेर नबिलको खाताबाट सिधै रकम पठाउन सकिन्छ।
यसले गर्दा ईसेवा वा अन्य वालेटमा पहिलो पैसा लोड गर्ने र त्यहाँबाट फेरि क्यापिटलमा पठाउने दोहोरो झन्झट अन्त्य भएको छ।
एनआरएनका लागि मातृभूमिसँग जोडिने कडी
यो डिजिटल विस्तारको प्रभाव नेपालभित्र मात्र सीमित छैन। रोजगारी, व्यवसाय वा अध्ययनका सिलसिलामा विश्वका विभिन्न कुनामा छरिएर रहेका लाखौँ गैरआवासीय नेपाली (एनआरएन) हरूका लागि पनि यो सेवा बरदान साबित भएको छ।
विदेशमा बसेर नेपालको सेयर बजार वा वित्तीय क्षेत्रमा लगानी गर्ने इच्छा भएका तर प्रक्रियागत झन्झटले गर्दा अवसर नपाएका विदेशी रेमिट्यान्सकर्ताहरूले अब विदेशकै भुमिमा बसेर आफ्नो मोबाइलको स्क्रिन स्क्रोल गर्दै नेपालमा सुरक्षित लगानी गर्न सक्नेछन्।
यसले एकातिर रेमिट्यान्सको पैसा अनुत्पादक क्षेत्रमा खर्च हुनबाट जोगाउँछ भने अर्कोतिर प्रवासी नेपालीहरूलाई आर्थिक रूपमा आफ्नो मातृभूमिसँग सिधै एकाकार गराउँछ।
प्रविधिको विकास केवल पैसा ट्रान्सफर गर्नमा मात्र सीमित हुनु हुँदैन, यसले नागरिकको आर्थिक हैसियत उकास्न पनि मद्दत गर्नुपर्छ। नबिल बैंकको एनबैंकले ल्याएको यो पछिल्लो सुविधाले नेपाली बैंकिङ क्षेत्रमा नयाँ मानक स्थापित गरेको छ।












