यस्ता छन नयाँ प्रदेश प्रमुखहरु « Arthapath.com
१८ कार्तिक २०७६, सोमबार

यस्ता छन नयाँ प्रदेश प्रमुखहरु



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नयाँ प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । ७ प्रदेश प्रमुखहरुको नाम आजै बस्ने मन्त्रीपरिषद बैठकले नियुक्ती गर्ने तयारी छ ।
सोमबार विहान बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । चितवनका अमिक शेरचन, पोखराका सोमनाथ अधिकारी प्यासीको नाम पनि सिफारिसमा परेको हो । यी दुबै नेकपाका नेता हुन । शेरचन पुर्व माओवादीका सचिवालय सदस्य थिए भने प्यासी पुर्व एमाले अनुसाशन आयोगमा सक्रिय थिए । त्यसैगरी बैठकले बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, सिराहाका धर्मनाथ यादव, झापाका विष्णु प्रसाई र काठमाडौंकी शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्तको सिफारिसमा परेका छन ।


प्रतिक्रिया दिनुहोस्