व्यापारी रुप ज्योति थप ५ दिन थुनामा, रिहाइको माग गर्दै प्रदर्शन « Arthapath.com
२४ कार्तिक २०७६, आईतवार

व्यापारी रुप ज्योति थप ५ दिन थुनामा, रिहाइको माग गर्दै प्रदर्शन



काठमाडौं । पुर्व अर्थमन्त्री एवम् व्यापारी रुप ज्योति थप ५ दिन थुनामा बस्ने भएका छन । आइतबार अदालतले ५ दिन थप थुनामा राख्न आदेश दिएको छ । उनको रिहाइको माग गर्दै आइतबार राजधानीमा प्रदर्शनसमेत भयो ।
आइतबार जिल्ला अदालत काठमाडौंले रुप ज्योति र उनकी छोरी छोरी सुरुचिलाई समेत ५ दिन थुनामा राख्न म्याद थप गरेको हो ।
पूर्वमन्त्री समेत रहेका ज्योतीलाई पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ज्योतीलाई तत्काल रिहा गर्न माग गरेका थिए । डेढ करोड भन्दा बढी ठगीको आरोपमा ज्योति पक्राउ परेका हुन । उनलाई बिहीबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमास्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्