राष्ट्र बैंक आफै चलाउँदै अर्थमन्त्री ! « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

राष्ट्र बैंक आफै चलाउँदै अर्थमन्त्री !



काठमाडौं । पछिल्लो समय राष्ट्र बैंकका हरेक निर्णयहरुमा हस्तक्षेप गर्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार अकस्मात सबै बाणिज्य बेंकका सिईओ र राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई बोलाए ।
अहिले बजारमा देखिएका समस्याहरु समाधान गर्न भन्दै बोलाएका मन्त्री खतिवडाले राष्ट्र बैंकको गर्ने काम गरेका छन ।

१ महिना मात्रै कार्यकाल बाँकी रहेका गभर्नर सो कार्यक्रममा गएनन् । अर्थमन्त्रीले बोलाएको भेलामा २७ ओटै बाणिज्य बैंकका सिईओहरु, राष्ट्र बैंकका डेपुटीगभर्नरद्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठलगायत राष्ट्र बैंकका उच्चअधिकारीको उपस्थिती थियो ।

भेलामा सबैको सुझाव सुनेका मन्त्री खतिवडाले आफ्नै अस्तक्षेपमा विद्यमान समस्याको समाधान गर्न एक समिति गठन गरे । पछिल्लो समय आफ्नो कार्यकाल थपिने र मन्त्री पद पनि लम्बिने भएपछि खतिवडाले राष्ट्र बैंकलाई नियन्त्रणमा राख्ने प्रयास गर्दै आएका छन । सोही क्रममा मन्त्री खतिवडाले राष्ट्र बैंकका स–साना निर्णयहरुमा पनि हस्तक्षेप गर्दै आउका छन ।

बैंकिङ क्षेत्रका समस्या समाधानका लागि अर्थमन्त्री खतिवडाले तीन सदस्यीय समिति गठन गरेका छन् । यही फागुनमा हुने मौद्रीक नीतिको अर्ध वार्षिक समीक्षाको पूर्व सन्ध्यामा एउटा समिति बनाएर बैंकिङ क्षेत्रको समस्याको समाधान निकाल्ने बताएका छन ।

अहिले बैंकिङ क्षेत्रमा स्प्रेडदर, ऋण लिन कर चुक्ताको प्रमाणपत्रसम्बन्धि व्यवस्था, मासिक किस्ता र ऋणको अनुपात सम्बन्धि व्यवस्थाले बैंकरहरु त्रसित बनेका छन ।

मन्त्री खतिवडाले सोमबारै अर्थ मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य, राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल सम्मिलित एक समिति गठन गरेका छन । मन्त्री खतिवडा अहिले राष्ट्र बैंकले गर्ने हरेक निर्णयहरुमा आफै संग्लग्न हुने गरेका छन ।

यस्ता बैंकिङ क्षेत्रका समस्याको समाधान राष्ट्र बैंकले निकाल्नुपर्ने हो । एक्कासी राष्ट्र बैंकलाई भुमिकाविहिन बनाई मन्त्री खतिवडा आफैले हेर्नुलाई अर्थपुर्ण रुपमा लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्