थप १० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६९ पुग्यो

काठमाडौं । नेपालमा आइतबार थप १० कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङका क्रममा यो जानकारी दिएको हो। संक्रमितमध्ये ५ जना पुरुष र ४ जना महिला छन्। नेपालगञ्जमा नौ र वीरगञ्जमा एक गरी दशजना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।