गोरखा अस्पतालमा कोरोना संक्रमितको मृत्यु
काठमाडौं । शनिबार गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पालुङटार नगरपालिका वडा नं। ७ का ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।
उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन राति ९ः५५ बजे आइसोलसनमा राखेर उपचार सुरु गरिएको थियो ।
अस्पतालका अनुसार उनी डाइबिटीजको दीर्घरोगीसमेत थिए ।
उनी असार १६ गते कतारबाट आएर पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा बसको थिए ।