कक्षा ११ को परीक्षा विद्यालयले नै लिने « Arthapath.com
२१ असार २०७७, आईतवार

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने




काठमाण्डाै – कोरोना भाइरस महामारीको कारण देशमा लकडाउन भएपछि सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ ।


राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो ।

सरकारले अहिले कक्षा ११ को परीक्षा सञ्चालन गरी मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाइ दिने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले बताए ।


सरकारले गरेको यो निर्णयसँगै केन्द्रीय तहबाट सञ्चालन गरिँदै आएको कक्षा ११ को परीक्षा सञ्चालन र विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार अब विद्यालय तहमा नै पुगेको छ ।

अब कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ । कक्षा १२ को परीक्षाको हकमा कानुन स्पष्ट उल्लेख भएका कारण थप कुनै नीतिगत निर्णय गर्नु नपर्ने र समय अनुकूल भए लगत्तै बोर्डले नै परीक्षा सञ्चालन गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्