अव जिल्लाभित्र मात्रै चल्ने भो सार्वजनिक यातायात, भाडा दोब्बर हुने « Arthapath.com
२५ असार २०७७, बिहीबार

अव जिल्लाभित्र मात्रै चल्ने भो सार्वजनिक यातायात, भाडा दोब्बर हुने




काठमाडौं । कोरोनाका कारण गत चैत्र १० गतेदेखी बन्द रहेको सार्वजनिक यातायात संचालनमा ल्याइने भएको छ । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।


यस अघिको मन्त्रिपरिषद्को निर्णय बिहिबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा। युवरमज खतिवडाले सिट क्षमता भन्दा आधा यात्रु राखेर छोटो दुरीका यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए ।


काठमाडौं, ललितपुर र भक्तपुरलाई एउटा जिल्ला मानेर सार्वजनिक सवारीसाधन चल्नेछन भने अन्य जिल्लाको हकमा एउटा जिल्ला भित्र सवारी साधन संचालन गर्न पाईने छ ।


अव सार्वजनिक यातायातमा चढ्ने यात्रुले डवल भाडा तिर्नुपर्नेछ भने भाडा गाडीमा राखिएको बाक्सामा राखिनेछ । चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ


त्यस्तै यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने सरकारले निर्णय गरेको छ ।


यातायात व्यवसायी महासंघले शुक्रबार बैठकगरी कहिलेदेखी यातायात संचालन गर्ने बारेमा निर्णय लिन लागेको छ । त्यस्तै ट्याक्सी पनि २ जना यात्रु राखेर संचालन गर्न दिने निर्णय भएको मन्त्री खतिवडाले बताए ।


प्रतिक्रिया दिनुहोस्