उम्मेदवारी घोषणा गर्दै ढकालले भने : साना ठुला व्यावसायी समेटेको छु बिस्वासिलो टिम छ « Arthapath.com
३० असार २०७७, मंगलवार

उम्मेदवारी घोषणा गर्दै ढकालले भने : साना ठुला व्यावसायी समेटेको छु बिस्वासिलो टिम छ



काठमाडौं । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न पदमा उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

आज मंगलबार राजधानीको बालुवाटरामा स्थीत परेली कयाटरिङमा आयोजना भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघको वरिष्ट उपाध्यक्षमा चन्द प्रसाद ढकालले उमेरदवारी घोषणा गर्नुभएको छ ।

आज मंगलबार उम्मेदवारी घोषणा गर्दै बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले भने सबै साना ठुला व्यावसायी समेटेकाले आफ्नो टिम बिस्वासिलो रहेको बताए ।

त्यस्तै वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठले उमेरदवारी घोषणा गरेका छन । त्यसैगरी जिल्ला–नगरउपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघइले उम्मेदवार घोषणा गरेका छन ।


कार्यक्रममा वरिष्ट उपाध्यक्ष पदमा उम्मेदवारमा चन्द प्रसाद ढकालले वरिष्ठ उपाध्यक्ष शेरख गोल्छालाई वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बनाउन आफुले लविङ गरे तर अहिले त्यसको मर्म मर्न लागेको बताएका छन ।


उनले वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन भनेर म धेरै लागे तर त्यसको मर्मलाई कसले मादैछ ? त्यो के का लागि ? भनेर प्रश्न गरेका छन ।

उनले कोरोना महामारीले देशमा स्वास्थ्य र आर्थीक क्षेत्रमा चुनौती रहेको बताउदै अहिले सिर्जना भएको आर्थिक चुनौती सरकार र निजी क्षेत्र दुवै मिलेर गनुपर्ने बताएका छन ।

त्यसैगरी ढकाल टिमको प्रतिस्पर्धामा किशोर प्रधान समूहले टिम घोषणा नगरेपनि जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा शौरभ ज्योति भिड्ने भएका छन ।

https://artha.appharu.com/political-economy/2020/07/14/11266/


प्रतिक्रिया दिनुहोस्