शनिबार थप ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि « Artha Path
३ श्रावण २०७७, शनिबार

शनिबार थप ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि




काठमाण्डौ –शनिबार थप ५७ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा जम्मा ५७ जनामा कोरोना पुष्टि भएको हो ।

अहिले सक्रिय र निको भएर घर गएका जोड्दा १७ हजार पाँच सय दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रलायले जनाएको छ ।

त्यसैगरी ४० जनाको कोरोना भाइरसबाट मुत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्