भोलीबाट सवारीसाधान सञ्चालन गर्न व्यवसायीहरु तयार « Arthapath.com
४ श्रावण २०७७, आईतवार

भोलीबाट सवारीसाधान सञ्चालन गर्न व्यवसायीहरु तयार




काठमाडौ । कोरोना भाइरसको कारण गत चैत ११ गते देशमा भएको लकडाउन सगै रोकीएको सार्वजनिक यातयात सरकारको निर्णय अनुसार भोलीबाट सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् ।


सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।


यातायात ब्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु यातायातका साधन सञ्चालन गर्न तयार भएका हुन ।


सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उनले बताए ।

अहिले अन्र्तजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् ।

अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् । व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्