भदौ १ गतेदेखि सुरुहुने भयो आन्तरिक तथा बाह्य हवाई उडान
![](https://www.arthapath.com/wp-content/uploads/2020/07/nepal-airliance-nawayug.jpg)
काठमाडौं । कोरोना भाइरस कोभिड १९ का कारण देशमा गत चैत ११ गतेदेखि रोकीएको आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान सरकारले भदौ १ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ ।
हिजोको मन्त्रिपरिषदको बैठकले भदौ १ गतेदेखि हवाई उडान सुरु गर्ने निर्णय गरेकोे पर्यटनमन्त्री योगेश भट्टराईले बताएका छन ।
हवाई सेवा सुरु गर्न मन्त्रालयले प्रोटोकल बनाउने निर्णय गरेको भट्टराईले बताए ।
नोभल कोरोना भाइरस कोभिड १९का कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन र उड्डयन क्षेत्र खुलाउनका लागि व्यवसायीहरुले माग राख्दै आएका थिए ।
सरकारले अनुमति दिएमा घाटा परेपनी हवाई सेवा सूचारु गर्ने वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताएका थिए ।