मंगलबार एक प्रतिशत घट्यो नेप्से परिसूचक
काठमाडौं। मंगलवार सेयर बजार १ प्रतिशतले घटेर बन्द भएको छ ।
आजको कारोबारमा नेप्से सुचक १४।९९ अंक घटेर १ हजार ४ सय ४९। ९५ विन्दुमा पुगेको छ ।
१ हजार ४ सय ७२ विन्दुदेखि सुरु भएको सेयर बजार २० मिनेटमा घटेर १ हजार ४ सय ४४।५० विन्दुमा आएको थियो ।
आज कारोबार सुरु भएको ३० मिनेटपछि खरीदकर्ताहरुको चापले सुचक बढेर १ हजार ४ सय ७८ विन्दुसम्म पुगेको थियो । तर किन्ने भन्दा बेच्नेबढि भएपछि लामो समय टिक्न सकेन ।
मंगलबार कारोबारमा आएका कम्पनीहरुमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य ४१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ४ वटा उपसमूह मात्रै सकारात्मक देखिएका छन् भने बाँकी सबै उपसमूहका सूचक नकारात्मक छन्।
यस दिन होटलहरुको शेयरमूल्य बढेको छ भने हाइड्रोपावरको शेयर मूल्य घटेको छ।