लकडाउन हट्याे, जाेर विजाेर लागु नहुने, पार्टी प्यालेसदेखी शैक्षिक संस्थासम्म अझै बन्द
काठमाडौं । कोरोना भाइरस महामारीका कारण चैत ११ गतेदेखि भएको १२० दिन लामो लकडाउन आज मध्यरातदेखि अन्त्य हुने छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सुरूमा ८ दिनका लागि गरिएको लकडाउन पटक पटक थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम रह्यो ।
त्यसपछि लकडाउन केही खुकुलो भएको थियो ।
त्यसैगरी साउन १५ गतेबाट होटलहरु खुल्ने छन भने भोज र पार्टी गर्न पाइने छैन ।
त्यस्तै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १ भदौबाट हुने छ ।
त्यसैगरी अव सरकारी कार्यालयमा अब दुई सिफ्टको व्यवस्था हट्ने छ ।
आज मध्यरातबाट लकडाउन पूर्ण रुपमा हट्ने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन ।