अबैध रुपमा भित्र्याइएको १५ किलो सुनमध्ये साढे १४ किलो नक्कली « Arthapath.com
१३ श्रावण २०७७, मंगलवार

अबैध रुपमा भित्र्याइएको १५ किलो सुनमध्ये साढे १४ किलो नक्कली



काठमाडौं । नेपाल प्रहरीले बरामद गरेको १५ किलो सुनमध्ये साढे १४ किलो नक्कली भएको र बाँकी ५०० ग्राम मात्रै सुन भएको प्रमाणित भएको छ ।


ठूलो परिमाणमा बरामद भएको सुनलाई प्रहरीले नेपाल रत्न तथा आभूषण संघलाई परीक्षण गर्न दिएको थियो ।

परीक्षणका क्रममा १४ किलो नक्कली भएको र बाँकी ५०० ग्राम मात्रै सुन भएको प्रमाणित भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


केही सक्कली सुन देखाएर चाँदीमा पहेँलो जलप लगाएर बिक्री गरी ठगी गर्ने नियत देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन ।

उनीहरु प्रहरी देखेपछि तस्करहरुले सुन बोकेको झोला फालेर फरार भएका थिए ।


प्रतिक्रिया दिनुहोस्