बुधबार थपियो २१० जनामा कोरोना, देशभर १९ हजार २७३ जना संक्रमित « Arthapath.com
१४ श्रावण २०७७, बुधबार

बुधबार थपियो २१० जनामा कोरोना, देशभर १९ हजार २७३ जना संक्रमित



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाली जनमानसमा क्रास घट्नुको साटो थप बढिरहेको देखिन्छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ३७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या नेपालमा हालसम्म १९ हजार २७३ पुगेको छ भने जसमध्ये ४९ जनाको मृत्यु भइसकेको छ । यसअघि कोरोना संक्रमण पुष्टि भएका १४ हजार २१ जना निको भएर उपचारपछि घर फर्किसकेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभरका आइसोलेसन सेन्टरबाट १४६ जना डिस्चार्ज भएका छन् ।
डोटीमा सबैभन्दा धेरै संक्रमित भेटिए
देशभर परिक्षण भएकाहरुमध्ये सबैभन्दा धेरै डोटीमा डोटी ५२ जना संक्रमित थपिएका छन् । यस्तै पर्साका ३४, स्याङजाका २६, काठमाडौं र महोत्तरी १४र१४ जना, धनुषाका १२, मोरङ, कैलाली र कञ्चनपुर ८र८ जना तथा बाग्लुङ र धादिङका ७र७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सप्तरी, कपिलवस्तु, नवलपुर, म्याग्दी र बैतडीका २र२ जना तथा सुनसरी, भक्तपुर, सर्लाही रौतहट, तनहुँ र सुर्खेतका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यसैगरी आज बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्