विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने « Arthapath.com
१५ श्रावण २०७७, बिहीबार

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने



काठमाडौं । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा युवराज खतिवडाले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय गरेको जानकारी दिएका छन ।


विधालयमा क्वारेन्टिन र आइसोलेसन रहेको भए तत्काल हटाउने र ती क्षेत्रलाई स्थानीय तहले निर्मलीकरण गर्ने पनि निर्णय भएको छ ।

विद्यालय आउन जान असर हुने गरी कोरोना महामारी रोकथाम र नियन्त्रण सम्बन्धी संरचना नराख्ने निर्णय भएको उनले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्