नेपालमा थप एक जनाको कोरोनाबाट मुत्यु,मृत्यु हुनेको संख्या ५६ पुग्यो « Arthapath.com
१६ श्रावण २०७७, शुक्रबार

नेपालमा थप एक जनाको कोरोनाबाट मुत्यु,मृत्यु हुनेको संख्या ५६ पुग्यो



काठमाडौं । नेपालमा थप एक जनाको कोरोनाबाट मुत्यु भएको छ ।


ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाका आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा।खगेश्वर गेलाले जानकारी दिए ।


ललितपुर थसिखेल बस्ने ति महिलालाई साउन ६ गते अस्पताल भर्ना गरीएको थियो । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो ।

उनी हालै वीरगञ्जबाट आएकी थिइन ।

योसँगै नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्