डिजेल,पेट्रोल र मट्टीतेलको भाउ फेरि बढ्यो
काठमाडौं । डिजेल,पेट्रोल र मट्टीतेलको भाउ फेरी बढेको छ ।
शनिबार रातिबाट लागु हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले भाउ फेरी बढेको छ ।
अबकाठमाडौं उपत्यकामा डिजेल ९० रुपैयाँ, मट्टीतेल र पेट्रोल १ सय ४ रुपैयाँ पुगेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिएका छन् ।
गत असार २६ गते निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा एक एक रुपैयाँ भाउ बढाएको थियो ।