बालबालिका र पाका उमेरकालाई घर बाहिर ननिस्कन सरकारको अनुरोध « Arthapath.com
१८ श्रावण २०७७, आईतवार

बालबालिका र पाका उमेरकालाई घर बाहिर ननिस्कन सरकारको अनुरोध



काठमाडौं । सरकारले ६० वर्षमाथिका जेष्ठ नागरिक तथा १२ वर्ष मुनिका बालबालिकालाई घरबाहिर नजान अनुरोध गरेको छ ।
नेपालमा कोरोना भाइरस कोभिड १९ का कारण जोखिम बढेकाले ै यी उमेर समूहका मानिसलाई अरुलाई भन्दा संक्रमण भएमा जोखिम हुने भएकाले घरभित्रै बस्न मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बालबालिका र जेष्ठ नागरिकलाई घरभित्रै बस्न अनुरोध गरेका ह्न ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले ६० वर्ष पुगेका जेष्ठ नागरिक र १२ वर्षमुनिका बालबच्चाहरु घरबाट बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ,ु भनेर भनेका छन ।


प्रतिक्रिया दिनुहोस्