मेलम्चीमा पहिरोमा पुरिएका सबैको शव भेटियो « Arthapath.com
१९ श्रावण २०७७, सोमबार

मेलम्चीमा पहिरोमा पुरिएका सबैको शव भेटियो



काठमाडौं । सिन्धुपाल्चोकमा पहिरोमा परी मृत्यु हुने सबै ८ जनाको शव भेटिएको छ ।


कभर्ड हल बनाउन आएका ९ मजदुर बसेको टहरा आइतबार राति २ बजे पहिरोले पुरिँदा ८ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

मृत्यु हुनेमा ७ जना नेपाली र १ जना भारतीय नागरिक रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जनाए ।

पहिरोमा पुरिएर मुत्यु हुनेमा वीरगञ्जका प्रदीप चौरसिया, बिक्रम थिङ, राजेश चौधरी, मानबहादुर रुम्बा, सिमन घलान, शिवबालक धामी र सोनम लामाको मृत्यु भएको छ ।


त्यस्तै भारतीय नागरिक राजेन्द्र चौरसियाको पनि मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्