सोमबार थप ४ सय १८ जनामा कोरोना पुष्टि « Arthapath.com
१९ श्रावण २०७७, सोमबार

सोमबार थप ४ सय १८ जनामा कोरोना पुष्टि



काठमाडौं । सोमबार थप ४ सय १८ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्।

आज डिस्चार्ज भएकासहित हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्। ।
त्यस्तै कोरोना भाइरसबाट थप ५७ जनाको मृत्यु भएको छ ।

आज देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्