दिवङ्गत आफन्तको सम्झनामा आज गाईजात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा « Arthapath.com
२० श्रावण २०७७, मंगलवार

दिवङ्गत आफन्तको सम्झनामा आज गाईजात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा



काठमाडौं । भाद्र कृष्ण प्रतिपदा अर्थात आजदेखि अष्टमीसम्म आठ दिन नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदैछ ।


काठमाडौँ उपत्यकामा बढी प्रचलन भए पनि नेवार समुदायको बसोबास भएका अन्य जिल्लामा पनि यो जात्रा मनाउने चलन बढ्दै गएको छ ।

गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।


आजदेखि भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाएर यो पर्व मनाइन्छ ।


नोभल कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणको उच्च जोखिम रहेकाले होशियारीपूर्वक पर्व जात्रा मनाउन सरकारवालाहरुले आग्रह गरेका छन ।

भक्तपुरमा प्रतियोगितात्मक रूपमा हुँदै आएको यो जात्रा सामान्य साङ्केतिक रूपमा मात्र मनाइने भएको गलसीपुखुस्थित महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याले बताएका छन ।
। काठमाडौँमा पनि ज्यापूू महागुठी र पाटनमा ज्यापूू समाजले पनि साङ्केतिक रूपमा मात्र जात्रा मनाउन आग्रह गरेका छन् ।


तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको मृत्युबाट भावविह्वल रानी भुवन लक्ष्मीलाई अरुका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन वर्ष दिनभित्र मानिस मरेका घरबाट गाईजात्रा निकाल्न लगाएको र यसले कालान्तरमा जात्राको रूप लिएको इतिहासमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्