मंगलबार सुनकाे भाउ ताेलाकाे एक लाख नजिक « Arthapath.com
२० श्रावण २०७७, मंगलवार

मंगलबार सुनकाे भाउ ताेलाकाे एक लाख नजिक



काठमाण्डौ । मंगलबार सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ पुगेको छ ।


आज तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यस्तै चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्