मंगलबार थप २५९ जनामा कोरोना संक्रमण « Arthapath.com
२१ श्रावण २०७७, बुधबार

मंगलबार थप २५९ जनामा कोरोना संक्रमण



काठमाडौं । मंगलबार देशभर थप २ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निका भएर घर फकेका छन ।


प्रतिक्रिया दिनुहोस्