भोलिदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक « Arthapath.com
२१ श्रावण २०७७, बुधबार

भोलिदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक



काठमाडौं । सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।


काठमाडौंसहित २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमति रहेका शहरी इलाका जिल्लामा आवगमनमा रोक लगाइएको छ ।


गृह मन्त्रालयले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै बिहीबारदेखि लागू हुने गरी उक्त निर्णय लिएको छ ।

यस्तै सरकारले बिहीबारबाटै लागू हुने गरी सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरेका छ ।


यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्