पोखरामा कोरोना संक्रमित १ पुरुषको मृत्यु ,मुत्यु हुनेहरुको संख्या ७४ पुग्यो « Arthapath.com
२५ श्रावण २०७७, आईतवार

पोखरामा कोरोना संक्रमित १ पुरुषको मृत्यु ,मुत्यु हुनेहरुको संख्या ७४ पुग्यो



काठमाडौं । नेपनलमा फेरी कोरोना भाइरसबाट १ जना पुरुषको मुत्यु भएको छ ।


पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचारत पोखराको ६२ वर्षीय पुरुषको शनिबारराति ११ः३५ मा मृत्यु भएको छ ।


उनी गत साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार गरीदै आएको थियो । उनी डायबिटिजबाट समेत पीडित भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले बताएका छन ।


यो संगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्