काठमाडौं । लामो समयदेखि प्रभावकारी रुपमा सञ्चालनमा आउन नसकेको चोभार सुख्खा बन्दरगाहा अन्तत: निजी क्षेत्रलाई जिम्मा लगाउने भएको छ । २०७८ चैत देखि सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाहलाई हालसम्म उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको नेपाल इन्टरमोडल यातायात विकास समिति सञ्चालन गरिरहेको छ । तर, त्यो प्रभावकारी देखिएको छैन ।