काठमाडौं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको चैत्र १७ गते बिहिबार धनगढी उप महानगरपालिकाका मेयर नृप बहादुर वडले एक कार्यक्रमकाबीच समुद्घाटन गरे । उक्त शाखा समुद्घाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको