काठमाडौं । गोर्खाज फाइनान्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिपक न्यौपानेले पाएका छन् । बुधवार बसेको कम्पनी संचालक समितिको बैठकले न्यौपानेलाई कामु सीइओको जिम्मेवारी दिइएको हो । सीइओ पदमा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि उनलाई कामु सीइओमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ । केही महिनादेखि कम्पनीको सीइओ पद रिक्त छ ।