काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले सेयरधनीको हात रित्तो बनाएको छ । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो । कम्पनीको पुस २ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको छ ।