काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश चन्द अधिकारी नियुक्ति भएका छन् । कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्ति गरेको हो । उनको कार्यकाल पुस १८ गते बिहीबारदेखि लागू हुनेछ । कार्यकाल आगामी चार वर्षको हुनेछ ।